जनकपुरधाम, फागुन ५ – जनकपुरधाम उप(महानगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका निजी विद्यालयहरूको विवरण तीन दिनभित्र उपलब्ध गराउन वडा समितिहरूलाई पुनः ताकेता गरेको छ। शिक्षा शाखा प्रमुख धीरेन्द्र लाल कर्णद्वारा पठाइएको पत्रमा विद्यालयहरूको कानुनी स्थिति, अनुमति र सञ्चालन विवरण संकलन गर्न आग्रह गरिएको छ।
यसअघि मंसिर २ गते विवरण मागिएको भए पनि प्राप्त नभएकाले कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिइएको छ। नगरपालिकाले शैक्षिक व्यवस्थापनलाई सुदृढ बनाउन यो कदम चालेको हो।
तपाईको प्रतिक्रिया




