रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपाको अडान कायमै

[sharethis-inline-buttons]

जनकपुरधाम असार ६। प्रतिनिधि सभाको बैठकबाट राप्रपासँगै रास्वपा पनि बाहिरिएको छ । आज प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपा सांसदहरु आआफ्नो ठाउँबाट उभिएर विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले उनीहरुलाई बस्न आग्रह गरे पनि उनीहरुले मानेनन् । त्यसपछि सभामुख देवराज घिमिरेले मन्त्रालयगत बजेटमाथिको छलफल जारी राखे । त्यसपछि राप्रपा र रास्वपा सांसदहरु बैठक कक्षबाट बाहिरिएका छन् । सभामुखले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम भने कार्यसूचीबाट हटाइएको जानकारी गराएका छन् ।भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूले उठाएका विषयमा गृहमन्त्री रमेश लेखकको जवाफ चित्त बुझ्दो नआएको उनीहरूको भनाइ छ। विरोधकाबीच संसदको कार्यसूची अघि बढाएपछि रास्वपा सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी जारी राखेका छन्। राप्रपाका सांसदहरूले भने बैठक बहिष्कार गरेका छन्

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर