रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

झापामा सुकुम्वासीको आक्रोशस् ‘वैकल्पिक व्यवस्था बिना बस्ती हटाउन पाइँदैन

[sharethis-inline-buttons]

दमक । झापाको कमल गाउँपालिकामा रहेका भूमिहीन तथा सुकुम्वासी समुदायले राज्यको बस्ती हटाउने नीतिप्रति कडा असन्तुष्टि जनाउँदै सोमबार प्रदर्शन गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको निर्वाचन क्षेत्र झापा–५ अन्तर्गत पर्ने उक्त क्षेत्रमा उनीहरूले नाराबाजीसहित विरोध जनाएका हुन्।
सरकारले काठमाडौंसहित विभिन्न स्थानमा डोजर प्रयोग गरी बस्ती हटाउँदा आफ्नो जीवन झन् कष्टकर बनेको भन्दै प्रदर्शनकारीले वैकल्पिक व्यवस्था बिना कुनै पनि बस्ती हटाउन नहुने माग गरेका छन्।
भूमि अधिकार तथा श्रमिक संगठनको अगुवाइमा भएको प्रदर्शनमा सहभागीहरूले सम्मानजनक बसोबासको अधिकार सुनिश्चित गर्नुपर्ने र भूमिहीन नागरिकको जिम्मेवारी राज्यले लिनुपर्ने बताएका छन्।
उनीहरूले गाउँपालिकामा पुगेर उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीलाई ज्ञापनपत्र बुझाउँदै दीर्घकालीन समाधानको माग गरेका छन्।
कोणसभामा वक्ताहरूले केही व्यक्तिको अतिक्रमणलाई आधार बनाएर सिंगो सुकुम्वासी समुदायलाई अपराधीकरण गर्न खोजिएको आरोप लगाउँदै वास्तविक पीडितको पहिचान गरी व्यवस्थित बसोबासको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर