धनुष टिभी, धनुषा — महान जनयुद्धका क्रममा सहादत प्राप्त गरेका सहिदहरूको स्मृतिमा धनुषाको सबैला नगरपालिका–४ मा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सबैला नगरपालिका–ढोलबाजाका सहिद लक्ष्मी यादव, हरि यादव, कारी चन्द कापर, श्रीचन यादव तथा बरमझियाका कारी साहप्रति उच्च सम्मान व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो। साथै सहिद परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै सहिदहरूले देखाएको बलिदानी मार्गलाई आत्मसात गरी उहाँहरूको अधुरो सपना पूरा गर्न सबै क्रान्तिकारीहरू एकजुट भएर लाग्न अपिल गरिएको थियो।
कार्यक्रममा पूर्वमन्त्री तथा धनुषा निर्वाचन क्षेत्र नं. १ का सांसद मातृका प्रसाद यादवले सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो।
श्रद्धाञ्जली कार्यक्रममा सहिद परिवार, विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
सबैलामा जनयुद्धका सहिदहरूको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
तपाईको प्रतिक्रिया
सम्बन्धित खबर






