धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–७ भगवानपुरस्थित महावीर यादवको घरमा बुधबार बिहान करिब ११ बजे खाना पकाउने क्रममा ग्यास सिलिन्डरको पाइपमा आगलागी भएको थियो। नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी बल नेपाल, धनुषाधाम सुरक्षा बेसको टोलीले तत्काल सुरक्षा अपनाउँदै आगो नियन्त्रणमा लिएको हो। घटनामा कुनै मानवीय वा आर्थिक क्षति नभएको सुरक्षा बेस प्रमुख इन्स्पेक्टर भीमबहादुर क्षेत्रीले जानकारी दिएका छन्।
तपाईको प्रतिक्रिया






