सबै जातजातिको बसोवासको थलो,
संस्कृति,परम्परा,धार्मिक पहिचान फरक देखियो।
विश्वासिलो अनेकतामा एकता देखियो,
आऊ मिली समाजलाई अगाडि बढाऔं, मिली हावाहुरी छेकौँ।
झगडा, मेलमिलाप समाजको नियम हो,
मानवता र मित्रता भुल्नु हुँदैन।
आँखा अगाडि भ्रष्टचारी वातावरण नबनाऊ,
दुई,चार दिनको जीवन हो, धनी हुँदैनौं।
दुई, चार दिन मिली बस्ने भन्दै नकारात्मकता तर्फ लाग्छौँ,
छुवाछुत,अन्धविश्वास,सानोठूलो जस्ता कुरा मान्छौं।
खै! कहाँ हो हाम्रो मानवमुल्य र व्यक्तित्व,
बुझ्, अरुमा निराशापन छाउँछ।
जानी जानी अरूले भ्रष्टाचार गरेको देख्छौं,
मिहिनेत, लगानी भन्दै सुन्छौं।
रोक न, खै! कहाँ छ हाम्रो अधिकार,
खै! कहाँ छ हाम्रो स्वाभिमान।
बुझ्ने भए बुझौं, रोक्ने भए रोकौं,
सबै हाम्रै बुझाइमा भर पर्छ।
राती सपना देख्नु भन्दा दिनमै सपना देख्नु राम्रो हो,
आऊ, सबले मिली सपना पूरा गरौं।
दिलखुश ठाकुर




