रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

आजको राशिफल

[sharethis-inline-buttons]

मेष: समयले निकै साथ दिएको देखिन्छ । यदि लामो समय सम्म अड्किएर रहेका अधुरा कामहरु छन् भने सफल हुने योग बनेको छ । आफ्नो मनोकामनाहरु पनि पुरा हुनेछन् ।

बृष: सात्विक बिचारको उदय हुनुका साथै मन धर्म र कर्म तिर रमाउने छ । आकस्माद साधु सज्जनहरुको सत्संगत मिल्ने अवसर प्राप्त होला । आर्थिक रुपमा पनि निकै प्रगति हुने देखिन्छ ।

मिथुन: आठौं चन्द्रमा सदासर्वदा दु:ख कष्ट कारक हुने भएको हुनाले आजको दिनमा निकै होसियारीका साथ सम्हालिएर कार्यको थालनी गर्नु पर्ने देखिन्छ । संकट मोचन हनुमान जीको आराधना गर्नाले दिन शुभ रहने छ ।

कर्कट : समय र भाग्यको खेल निकै बलवान भएको देखिन्छ । आफले आँटेताकेका कार्यहरु सफल हुने छन् । ब्यापार व्यवसाय कुने पनि कार्य क्षेत्रमा हुनुहुन्छ भने मान सम्मान प्राप्त हुने योग बनेको देखिन्छ ।

सिंह: महालक्ष्मी जीको कृपाले आफूले इच्छाएको कार्यमा सफलता मिल्नुका साथै धन सम्पत्ती प्राप्ति हुने योग बनेको छ । आँटेताकेका कार्यहरु सफल हुने छन् । व्यापार व्यवसायमा पनि राम्रै प्रगति होला ।

कन्या: साधु सज्जन महापुरुषहरुको सत्संगत गर्ने अवसर मिल्नेछ ।ज्ञान र बुद्धिको उदय हुनुका साथै धार्मिक र सामाजिक सेवामा मन रमाउने देखिन्छ । आर्थिक रुपमा पनि लाभ हुने देखिन्छ ।

तुला : राशी अनुसार आजको दिन त्यती राम्रो देखिएको छैन । चौथो चन्द्रमाले कलह झैझगडा निम्ताउने हुनाले सावधानी अपनाएर कार्य गर्नु होला । भगवान गौरीशंकरको आराधनाले दिन शुभ रहनेछ ।

बृश्चिक: चन्द्रमा अनुसार धन सम्पत्तीको कारक भएको हुनाले आजको दिनमा राम्रै धन सम्पत्ती प्राप्ति हुने योग बनेको छ भने आफूले आँटे तेकका कार्यहरु सफल हुने योग बनेको देखिन्छ ।

धनु: आफूले गरेका कामहरुमा सफलता प्राप्त हुने योग बनेको देखिन्छ । गरेका कामहरु सफल हुँदा मन प्रसन्न र उमङ्गता प्राप्त हुने हुँदा आजको दिन उल्लास र उमङ्गमय भएर बित्ने छ ।

मकर: घरमा लक्ष्मीजीको कृपा हुने योग बनेको देखिन्छ । मनज्ञ धन सम्पत्ति हात पर्न सक्नेछ । व्यापार व्यवसाय तथा खेतीपाती एवम् पशु चौपायबाट पनि निकै राम्रो लाभ हुने देखिन्छ ।

कुम्भ: बाह्रौं चन्द्रमा सदासर्वदा हानिकारक हुने भएको हुनाले आजको दिनमा सावधानी अपनाउनु होला । व्यर्थमा धन सम्पत्तीको हानी नोक्सानी हुने छ । बिघ्नहर्ता गणेशजीको आराधना गर्नु भयो भने दिन शुभ हुने देखिन्छ ।

मीन: राशी अनुसार आजको दिन उत्तम रहेको छ । व्यपार व्यवसाय उद्योग बौद्धिक एवम् प्रशासनिक क्षेत्रबाट होस आजको दिनमा निकै राम्रो हुने देखिएको छ । आर्थिक रुपमा पनि गुणस्तरीय बृद्धि हुने योग बनेको छ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर