रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

वीर गजेन्द्र बाबूको अपमान मधेसवासीको अपमान हो पूर्वमुख्यमन्त्री सतिश सिंह

[sharethis-inline-buttons]

धनुष टिभी ,सप्तरी। जनमत पार्टीबाट मुख्यमन्त्री बनेका तथा हाल स्वाभिमान पार्टीका सप्तरी क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार, पूर्वमुख्यमन्त्री सतिश सिंहले वीर गजेन्द्र बाबूमाथि भएको अपमान सम्पूर्ण मधेसवासीको अपमान भएको बताएका छन्।
आज मधेस यात्राको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन साहले गाडीबाटै माला फ्याँकिएको घटनालाई लिएर उनले कडा आपत्ति जनाएका हुन्।
सिंहले “वीर गजेन्द्रनारायण सिंह अमर रहुन्” भन्ने नारासहित उहाँको सालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरे। उनले मधेसको स्वाभिमान, इतिहास र पहिचामाथि हुने कुनै पनि अपमान सह्य नहुने स्पष्ट पार्दै यस्ता घटनाविरुद्ध मधेसवासी एकजुट हुन आह्वान गरे।
उनले वीर गजेन्द्रनारायण सिंह मधेसको अधिकार र राजनीतिक चेतनाका प्रतीक भएको उल्लेख गर्दै मधेसको सम्मान र स्वाभिमानको रक्षा सबैको साझा दायित्व भएको बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर