रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

साना किसान सहकारीकी संस्थापक अध्यक्ष फूलो देवीको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम

 

धनुषा । साना किसान कृषि सहकारी संस्था लि., गोविन्दपुर, धनुषाकी प्रथम महिला अध्यक्ष फूलो देवी दनुवर्नीको ६४ वर्षको उमेरमा निधन भएको १३औँ दिनको अवसरमा आज श्रद्धाञ्जली तथा शुद्धीकरण भोज आयोजना गरिएको छ।

धनुषाधाम नगरपालिका–२, धरमपुरस्थित आफ्नै निवासमा गत असोज ३१ गते निधन हुनुभएकी दनुवर्नीले संस्थाको स्थापना कालदेखि नै विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो।

उहाँको योगदानको स्मरण गर्दै सहकारीले आज दिउँसो १ बजेपछि आधा दिन शोक बिदा दिने र संस्थाको झण्डा आधा झुकाउने निर्णय गरेको मुख्य प्रबन्धक राजकुमार साहले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर