रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

सिन्धुपाल्चोक भूकम्प,आत्तिएर हाम्फाल्दा एक कैदी घाइते, चौकी क्षतिग्रस्त

[sharethis-inline-buttons]

 

आज बिहानको भूकम्पमा भाग्न खोज्दा सिन्धुपाल्चोक कारागारमा रहेका एक कैदी घाइते भएका छन् ।जिल्ला प्रहरी सिन्धुपाल्चोककाअनुसार चौतारास्थित जिल्ला कारगारमा पुर्पक्षको लागि थुनामा रहेका भोटेकोशी गाउँपालिका ५ का ३३ वर्षीय स्याङ्बो तामाङ भूकम्प आउँदा आत्तिएर दोश्रो तलाबाट हाम फालेका थिए । हाम्फाल्दा लडेर उनको हात भाँचिएको छ । तामाङको चौतारा अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन् । यसबाहेक भूकम्पबाट जिल्लाभर मानवीय क्षति भएको खबर छैन, तर भूकम्पले इलाका प्रहरी कार्यालय कोदारीको भवनमा क्षति पुगेको छ, सीमाभेगको तुसारेमा सामान्य पहिरो खसेको छ, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी गराएका छन।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर