रेडियो धनुष ९९.७ मेगाहर्ज
50%

जनकपुरधाम स्थित किशोर फाउण्डेशन (सुधारेकन्द्र) मा युवकको मृत्यु

[sharethis-inline-buttons]

८ फागुन, जनकपुरधाम । जनकपुरधामको एक सुधार केन्द्रमा युवकको शंकास्पद मृत्यु भएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका १० डुमरियाका २० वर्षीय राजकुमार यादवको मृत्यु भएको हो । दुई महिनादेखि जनकपुरधाम उपमहानगरपालिका १९ बेंगाशिवपुर स्थित किशोर फाउण्डेशन (सुधारेकन्द्र) मा बसिरहेका उनको बुधबार साँझ मृत्यु भएको हो । किशोर फाउण्डेशनका व्यवस्थापक संजिव शर्माका अनुसार घाँटीमा कफ जमेको जस्तो भई सास लिन समस्या भएपछि बुधबार बिहान ११ बजेतिर जनकपुरको समर अस्पताल लगिएको थियो । उपचारपछि चिकित्सकले निगरानीमा राख्नु भन्दै पठाएका थिए । दिउँसो पुनः समस्या भएपछि साढे ४ बजेतिर प्रादेशिक अस्पताल जनकपुरमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको शर्माको दावी छ । प्रादेशिक अस्पताल जनकपुरका अकास्मिक कक्षका इन्चार्ज सरद यादवले भने उपचारको लागि ल्याउँदा नै उनको मृत्यु भइसकेको थियो । त्यस बेला अकास्मिक कक्षमा मेडिकल अफिसर राधे मण्डल र रमेश यादव डिउटीमा थिए । राजकुमारलाई उपचारको लागि ल्याउँदा मृत्यु भइसकेको थियो,आकस्मिक कक्षका इन्चार्ज यादवले भने । स्थानीय महेशलाल यादवका अनुसार चार दिनअघि राजकुमारकी आमा सरस्वती देवीले छोरा भेट्न आएकी थिइन् । अनुहार मलिन देखेपछि आफूसँगै घर लैजान खोज्दा सुधार केन्द्रका सञ्चालकले ४र५ महिना राखे निको हुने भन्दै रोकेका थिए । परिवारजनले औषधि अत्यधिक सेवन गराउँदा ज्यान गएको आरोप लगाएका छन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुरले समर हस्पिटलमा उपचारपछि राजकुमारलाई सुधार केन्द्र लगिएको, त्यहाँ पुगेपछि सुतेको सुत्यै भएकाले पुनः उपचारका लागि प्रादेशिक अस्पताल लगिएको जानकारी सुधार गृह सञ्चालकले दिएको बताए ।राजकुमारको शवको बिहीबार प्रादेशिक अस्पताल जनकपुरमा पोस्टमार्टम गरिएको छ । राजकुमार घरका एकला छोरा थिए । विवाहित उनका दुई सन्तान छन् । राजकुमारका बुवा रामबाबु वैदेशिक रोजगारीमा छन् । परिवारजनले सुधार केन्द्रको लापरबाहीले छोराको मृत्यु भएको भन्दै छानबिनको माग गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर